बुधबार, २७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
Loading ad...
Bhat Bhateni Supermarket Ad

ब्राइट फ्युचरलाई गोल्डेनगेट फुटसल मेलाको उपाधि

बिहिबार, १० श्रावण २०७५खेलपाटी संवाददाता
ब्राइट फ्युचरलाई गोल्डेनगेट फुटसल मेलाको उपाधि
Loading ad...
mustang rice ad

काठमाडौं । ब्राइट फ्युचरले पहिलो संकरणको गोल्डेनगेट फुटसल मेला इन्टर स्कुल च्याम्पियनसिपको उपाधि जितेको छ । बिहिबार भएको फाइनलमा साहारा बोर्डिङ इन्ग्लिश स्कुललाई ३ – २ गोल अन्तरले पराजित गर्दै ब्राइट फ्युचरले उपाधि जितेको हो ।

ललितपुर च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा ब्राइट फ्युचरलाई उपाधि दिलाउन समर्पण आले मगरले २ गोल गरे । यस्तै दिवस खड्काले एक गोल गरे । साहाराका अनिश केसी र सुन्दर मगरले सामन एक एक गोल फर्काए ।

खेलपाटी डटकमले आयोजना गरेको च्याम्पियनसिपको उपाधिसंगै ब्राइट फ्युचरले २० हजार प्राप्त गरेको छ  । उपविजेता बनेको साहाराले १० हजार प्राप्त गर्यो । तेस्रो भएको श्री महालक्ष्मी स्कुलले ५ हजार प्राप्त गरेको छ ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट फरवार्ड श्री महालक्ष्मीका विनोद स्याङतान, उत्कृष्ट मिडफिल्डर सराहाका सन्देश मल्ल, उत्कृष्ट डिफेन्डर ब्राइट फ्युचरका दिवस खड्का, उत्कृष्ट गोलरक्षक ब्राइट फ्युचरकै पवन चौहान र उत्कृष्ट प्रशिक्षकमा साहाराका राजिब लामा चुनिए । यस्तै सर्वाधिक गोलकर्ता दिव्य ज्ञानका दिपेन्द्र लामा घोषित भए । व्यक्तिगत विधामा उत्कृष्ट हुने खेलाडीहरुले ट्रफ्री तथा प्रमाणपत्र प्राप्त गरे । 

कखरा प्रालिको ब्यबस्थापनमा भएको च्याम्पियनसिपमा २६ टोलीको सहभागिता रहेको थियो । च्याम्पियनसिप नकआउट आधारमा खेलाईएको थियो ।

विजेता खेलाडीहरुलाई प्रमुख अतिथि गोल्डेनगेट कलेजका सीइओ रमेश सिलवाल, नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष महेश आचार्य, मंचका महासचिव प्रकाश तिमल्सिना, मंचका कार्यसमिति सदस्य सरीता श्रेष्ठ, पुर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्य, क्यापिटल मिडिया ग्रुपका प्रबन्ध निर्देशक सुशील राउत, कखरा प्रालिका सीईओ हिम बिक्रम केसी, नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य बिक्रम लामा, भोलेन्टियर फाउन्डेसन नेपालका अध्यक्ष ललित शाही र क्यापिटल एफएमका म्यानेजर बसन्त शर्माले पुरस्कृत गरे ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिलवालले फुटसल खेल नेपालमा विस्तारै फस्टाउदै गएको बताउदै खेलाडीको विकास र वृद्धिमा यो खाले कार्यक्रम आयोजना हुनु पर्ने बताए । विजयी खेलाडीलाई हौशला दिदै सिलवालले अझै धेरै उपाधि जित्नको लागि शुभकामना दिएका थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन

रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन

पाकिस्तानमाथि फराकिलो जित

पाकिस्तानमाथि फराकिलो जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

मनाङसँग हार्‍यो चित्लाङ

मनाङसँग हार्‍यो चित्लाङ

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी