एक्सपर्ट र फ्रेन्ड्स सेमिफाइनलमा
शुक्रबार, १७ आश्विन २०७६खेलपाटी संवाददाता
धनगढी । एक्सपर्ट एजुकेशन तथा भिषा सर्भिसेज र विशाल युवा क्लब धनगढीमा जारी दशैं कप फुटसल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा शुक्रबार एक्सपर्टले फेवा फुटसल क्लबलाई ६-० ले पराजित गर्यो । यस्तै विशालले फोटोन मोटर्स फारवेष्ट पशुपति युवा क्लबलाई ८-२ ले परजित गर्यो ।
अर्को खेलमा फ्रेन्ड्स युथ क्लबले लाईट सोभरलाई ११-१ ले हराएर अन्तिम चारमा पुगेको छ । त्यस्तै स्टार सिटीले रम्बादेवीलाई ८-३ ले पन्छ्याउँदै सेमिफाइनलमा स्थान बनाएको छ ।
अब पहिलो सेमिफाइनलमा एक्सपर्ट एजुकेशन र विशाल युवा क्लब भिड्ने छन् । दोस्रो सेमिफाइनलमा फ्रेन्डस् युवा क्लब र स्टार सिटी भिड्नेछन् ।
प्रतियोगिताको विजेताले नगद ३० हजार तथा उपविजेताले नगद १५ हजार पाउने छन् ।
त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई समेत नगद सहित पुरस्कार दिईनेछ ।






-1763450218248.jpg&w=3840&q=75)

-1759666509639.jpg&w=3840&q=75)


-1765627825694.jpeg&w=3840&q=75)




