काठमाडौं । तेक्वान्दोको ओलम्पिक सोलिडारिटी कोर्ष आइतबार सम्पन्न भएको छ ।
सहभागीलाई सातदोबाटो स्थित तेक्वान्दो एकेडेमीमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले प्रमाण पत्र वितरण गरे ।
कोर्षमा राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक, जिल्लाहरुमा डोजाङ संचालन गदै आएका तेक्वान्दो प्रशिक्षकले सहभागिता जनाएका छन् । कोर्षको संचालन कोरियन प्रशिक्षक डाक्टर इन्सिक ह्वाङले गरेका थिए ।
नवौं डान लिएका ह्वाङलाई नेपालका छौटौं डान लिएका प्रशिक्षक श्रीमान थापा र पुर्ण योञ्जनले प्रशिक्षणमा सहयोग गरेका थिए ।