काठमाडौं । विश्व पर्यटन दिवसको अवसरमा शनिबार 'वर्ल्ड टुरिजम डे गल्फ' आयोजना हुने भएको छ ।
आयोजक नेपाल गल्फ संघले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता शनिबार आयोजना गरिने जनाएको छ ।
गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिता १८ होलको स्टेबल १/४ फर्म्याटमा हुनेछ । प्रतियोगितामा करिब ८० गल्फरको सहभगिता रहने संघले जनाएको छ ।
प्रतियोगितामा थाइल्याण्ड, मलेसिया, कोरिया र इन्डोनेसियाका खेलाडीले समेत सहभागिता जनाउने छन् ।
नेपाल टुरिजम बोर्ड र गोकर्ण गल्फ क्लबको सहकार्यमा हुने प्रतियोगिताको विजेतालाई थाई एयरले २ टिकट उपलब्ध गराउने छ ।
प्रतियोगिताको विजेता, उपविजेता, तेस्रो, चौंथो र पाँचौं महिला विजेता, उपविजेता, सिनियर विजेतालाई पुरस्कृत गरिनेछ ।
यस्तै क्लोजेट टू पिन, लङ्गेस्ट ड्राइभ, मोस्ट बर्डीज, बेस्ट ग्रोसको विजेतालाई पनि पुरस्कृत गरिने छ ।
भ्रमण वर्ष २०२० लाई प्रवर्दन गर्ने उदेश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा होल इन वान गर्नेलाई कियाको गाडी प्रदान गरिने छ ।