काठमाडौं । जापानमा आयोजना हुने सन् २०२० को ओलम्पिक र पाराओलम्पिक गेम्सको टेष्ट इभेन्ट्समा तेक्वान्दोका तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
आगामी सेप्टेम्बर २५ देखि २९ सम्म हुने इभेन्ट्समा तेक्वान्दोका मनोज मल्ल र युनिशा राईले सहभागिता जनाउने छन् । यस्तै पारा तेक्वान्दोकी पलेशा गोर्वधनले सहभागिता जनाउने छिन् । टोलीको प्रशिक्षकमा योङदल क्वान रहेका छन् ।
नेपाली टोलीलाई सोमबार विदाई गरिएको छ ।