एपीएफका खेलाडीलाई खेलकुद सामग्री प्रदान
सोमबार, साउन ७, २०७५खेलपाटी संवाददाता
.jpg&w=3840&q=75)
काठमाडौं । आदर्श समाज बिकास केन्द्रले एपीएफ क्लबका खेलाडीलाई खेलकुद सामाग्री प्रदान गरेको छ । भारतमा हुने कराँते प्रतियोगिताको तयारीमा रहेको एपीएफका खेलाडीलाई सोमबार खेलकुद सामग्री उपलब्ध गराइएको हो ।
सशस्त्र प्रहरी कार्यालय हल्चोकमाएक कार्यक्रमकाबीच केन्द्रका उपाध्यक्ष गीता सिम्खडा र सचिव प्रविण कुलङ राईले खेलकुद सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।
खेलकुद सामग्री हस्तान्तर गर्दै विकास केन्द्र उपाध्यक्ष सिम्खडाले खेलकुद क्षेत्रले नेपाली नागरिकलाई एउटै धागोमा बाँध्ने काम गर्दै आएको बताउँदै खेल क्षेत्रको विकासमा थोरै सहयोग पुगोस् भन्ने उद्देश्यले सामग्री उपलब्ध गराएको बताइन् ।
सामग्री ग्रहण गर्दै सशस्त्रका प्रहरी निरीक्षक अमित मल्लले आदर्श समाज विकास केन्द्रको यो सहयोग खेलाडीहरुका लागि महत्वपूर्ण हुने भन्दै सहयोगप्रति धन्यवाद दिएका थिए ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)







