काठमाडौ । महिला स्वास्थ्य इन्टर हस्पिटल फुटसल च्याम्पियनसिपको क्वार्टरफाईनल समिकरण पुरा भएको छ । 'खेल खेलौ, स्वास्थ्य बनौ' भन्ने अभियानका साथ सञ्चालन गरिएका प्रतियोगिताको अन्तिम ८ मा पुग्ने टोलीको टुङ्गो लागेको हो ।
काठमाडौंको बालुवाटारस्थित ढुकु फुटसल मैदानमा सञ्चालन गरिएको प्रतियोगितामा निदान हस्पिटल, मध्यपुर, सुमेरु, स्टार, अल्का, नेपाल नेश्नल, मेट्रो, केएमसी हस्पिटल क्वाटरफाईनलमा पुगेका छन् ।
अब सेमिफाईनल प्रवेशका लागि निदानले मध्यपुरसंग, सुमेरुले स्टारसंग, अल्काले नेपाल नेश्नलसंग तथा मेट्रोले केएमएचसंग प्रतिस्पर्धा गर्नेछ ।
लिग कम नकआउटका आधारमा सञ्चालन गरिएको प्रतियोगितामा २१ टिम सहभागी छन् ।
समुह चरणको खेलबाट बयोधा, निदान, नेपाल एपीएफ, सुमेरु, सिभिल, मध्यपुर, मेट्रो, स्टार, ट्रमा, अल्का, पुलिस, मेट्रो आई केयर, नर्भिक, नेपाल नेश्नल, काठमाडौं मोडेल र नेश्नल क्यान्सर जावलाखेल नकआउट चरणमा प्रवेश गरेका थिए ।
कखरा पब्लिकेशनले आयोजना गरेको प्रतियोगितामा उपत्यकाका २१ हस्पिटल सहभागी छन् । प्रतियोगिताको विजेताले उपाधि सहित ३० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछ ।