पोखरा । हङकङ नेप्लीज ओपन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपमा नेपालका तीन खेलाडीले पदक जितेका छन् ।
हङकङ तेक्वान्दो नेप्लीज एसोसिएसनको आयोजनामा भएको प्रतियोगितामा नेपालकी सन्ध्या थापाले यू-१६ मा स्वर्ण जितिन् । यस्तै यू–११ तर्फ आरएनसन जङ रानाले स्वर्ण पदक हात पारे ।
यस्तै सिनियर महिलातर्फ रेख माया गुरुङले कास्य पदक हात पारेकी छिन् ।
प्रतियोगितामा कास्कीका ६ जना खेलाडीको सहभागिता रहेको थियो । हङकङ तेक्वान्दोका मुख्य राष्ट्रिय प्रशिक्षक ग्राण्ड माष्टर तुलसीकुमार गुरुङको निमन्त्रणामा नेपाली तेक्वान्दो टोली उक्त प्रतियोगितामा सहभागिता जनाएको थियो ।