काठमाडौं । ओला डोङस्टेटसाङले चौंथो संस्करणको पेप्सी ओपन गल्फको उपाधि जितेका छन् ।
गोकर्ण गल्फ क्लबमा शनिबार ३९ स्टेबलफोर्ड अंकका आधारमा ओलाले उपाधि जितेका हुन् । ३८ अंक जोडेका दावा शेर्पा दोस्रो भए ।
सद्भाव आचार्यले जुनियरतर्फको उपाधि जिते । दामन बहादुर घलेले सिनियरको उपाधि जिते । कश्मिरा शाहले महिलातर्फको उपाधि जितिन् ।
टासी दोङले लङ्गेस्ट ड्राइभको उपाधि जिते । रबिन्द्र तिवारीले क्लोजेट टू पिन र राज प्रधानले मोस्ट बर्डीजको उपाधि जिते । नवराज थापाले बेस्ट ग्रोसको अवार्ड जिते ।
बरुण बेभरेज नेपाल प्रालीको प्रायोजनमा भएको प्रतियोगितामा ८५ महिला र पुरुष गल्फरले सहभागिता जनाएका थिए ।