धनगढी । नेपाल आईस धनगढी फुटसल लिगको उपाधिका लागि कैलाश विकास बैंक र नविल बैंक भिड्ने भएका छन् ।
शुक्रबार भएको पहिलो सेमिफाईनलमा नविलले सेन्चुरी बैंकलाई पेनाल्टी सुटआउटमा १-० ले पराजित गर्दै फाइनल पुगेको हो । नविलका लागि पेनाल्टीमा विवेश विष्टले निर्णायक गोल गरे ।
यसअघि निर्धारित समय र थपिएको समयमा बराबरी भएपछि पेनाल्टी सुटआउटमा निर्णय लिईएको हो । निर्धारित समयमा ६-६ र थप गरिएको समयमा १—१ को बराबरी भएको थियो ।
नविलका लागि विवेश विष्टले ह्याट्रिक गरे । केशव चौधरीले २ विरेन्द्र विष्ट र प्रताप थापाले एक एक गोल गरे । सेन्चुरीका लागि तपराज जोशी र सन्जोग गुरुगले ह्याट्रिक गरे भने क्षितिज सिंहले एक गोल गरे ।
यस्शुतै दोस्रो सेमिफाईनलमा कैलाशले एनआईसी एसियालाई ९-३ ले हराएर नविलसंगको भेट पक्का गर्यो । कैलाशका लागि निशान थापाले ४ गोल गरे । रमेश बोहोराले हय्ह्यात्टिरिक गर्दा महेश चौधरीले एक गोल थपे । एनआईसी एसियाका लागि सन्देश खड्काले २ र युवराज कुँवरले एक गोल फर्काए ।
फ्ल्याटल्याण्ड फुटसलको आयोजना तथा नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको सह आयोजनामा जारी प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।
लिगको विजेताले नगद ५० हजारसहित टफी मेडल र प्रमाणपत्र पाउने छन् । उपविजेताले नगद २५ हजार सहित टफी मेडल र प्रमाणपत्र पाउनेछ । लिगको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई समेत टफी र मेडल सहित प्रमाण पत्र दिईनेछ ।