काठमाडौं । दावा सोनाम शेर्पाले छैटौं संस्करणको सुर्य नेपाल गोकर्ण मन्थ्ली मेडल गल्फको उपाधि जितेका छन् ।
गोकर्ण गल्फ क्लबमा शनिबार कुल ६ अण्डर ६६ स्कोर गर्दै शेर्पाले उपाधि जितेका हुन् ।
पाँच अण्डर ६७ स्कोर गरेका टेण्डी शेर्पा दोस्रो र २ अण्डर ७० स्कोर कार्डसहित प्रदीप कुमार श्रेष्ठ तेस्रो भए ।
सुरेन्द्र फुयालले एक ओभर ७३ ग्रससहित बेस्ट ग्रसको उपाधि जिते ।
सद्भाव आचार्यले जुनियरतर्फको उपाधि जिते । उनले ९ अण्डर ६३ स्कोर गरे ।
प्रतियोगिता कुल २६ गल्फरको सहभागिता रहेको थियो ।