काठमाडौं । इरानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिप छनोटका लागि नेपालले प्रारम्भिक राष्ट्रिय फुटसल टोलीको घोषणा गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटिले बिहिबार २५ सदस्सीय प्रारम्भिक टोलीको घोषणा गरेको हो ।
एन्फाको फुटसल कमिटीले बन्द प्रशिक्षणमा रहेका ३७ खेलाडीबाट दोस्रो चरणमा २५ खेलाडी छनोट गरेको हो ।
प्रारम्भिक चरणमा राष्ट्रिय फुटबल टिमबाट खेलिसकेका आशिष लामा र विजय गुरुङ समेत परेका छन् ।
नेपाली टोलीलाई मुख्य प्रशिक्षक विष्णु गुरुङ र सहायक प्रशिक्षक गौरव बस्नेतले प्रशिक्षण गराई रहेका छन् ।
छनोटको सेन्टर र साउथ जोनमा रहेको नेपाल समूह 'बी' मा रहेको छ । नेपालको समूहमा ताजकिस्ता, उज्वेकिस्तान र अफगानिस्तान रहेका छन् ।
नेपालले ताजकिस्तानसँग कात्तिक ६ गते पहिलो खेल खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसँग कात्तिक ७ गते खेल्नेछ । उज्वेकिस्तान चार पटकको उपविजेता टिम हो । नेपालले अन्तिम खेल अफगानिस्तानसँग कात्तिक ८ गते खेल्नेछ ।
छनोटको शीर्ष टिम फाइनल चरणमा छनोट हुनेछन् । फाइनल चरणको खेल भने फेब्रुवरी २७ देखि मार्च ८ गतेसम्म तुर्कमेनिस्तानमा आयोजना हुनेछ ।
प्रारम्भिक नेपाली टिम :
आशिष लामा, आदिल हामिद, विजय राना, विजय गुरुङ, सुमित आले, नविन लामा, अभय राना, अमित लामा, अनिष श्रेष्ठ, , दिपेश धले, अरुल सिंह, विजय श्रेष्ठ, विनोद गुरुङ, जेनिश प्रजापति, मनि लामा, मिसन लामा, चेत्र बहादुर श्रेष्ठ, निर्मल गुरुङ, रवि चन्द्र थापा, राफि महर्जन, संजोक चाम्लिन राई, सरोज तामाङ, सुशान्त श्रेष्ठ, उर्गेन शेर्पा ।