सन्दीप र गौरवको स्मृतिमा फुटसल हुने
शनिबार, १४ भाद्र २०७६खेलपाटी संवाददाता

काठमाडौं । दोस्रो संस्करणको सन्दीप देउवा र गौरव कार्की स्मृति ५ 'ए' साईड फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।
आयोजक सन्दीप देउवा तथा गौरव कार्की प्रतिष्ठानले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असोज ४ गते हुने जनाएको छ ।
प्रतियोगितामा सहभागीता जनाउने टिमको भने टुंगो लागेको छैन ।
सुकेधारास्थित रेभ फुटसलमा हुने प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय १ रुपैया पाउने आयोजक जनाएको छ । यस्तै उपविजेताले ५० हजार ५ सय ५५ रुपैया पाउने छ ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी र गोलरक्षकले ९ हजार ९ सय ९९ रुपैया पाउने छ ।






-1763450218248.jpg&w=3840&q=75)

-1759666509639.jpg&w=3840&q=75)


-1765627825694.jpeg&w=3840&q=75)




