काठमाडौं । नाम्स दोश्रो टोखा प्याब्सन अन्तरविद्यालय छात्र फुटसल प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
टोखा प्याब्सन र टोखा नगरपालिका वार्ड नं. ८ द्वारा संयुक्त आयोजित प्रतियोगितामा नाम्सले पब्लिकलाई ६–०, ओडिसीलाई ४–२ र बौद्धेश्वरलाई १–० गोलले पराजित गर्यो । नेपाल मोडेल र हिमालयन भ्याली पनि क्वाटरफाइनलमा पुग्न सफल भए ।
प्रतियोगिताको टोखा प्याब्सनका अध्यक्ष टंककुमार चापागाईं र टोखा नगरपालिका वार्ड नं. ८ का अध्यक्ष केशव खत्रीले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे ।
प्रतियोगितामा २० टिम सहभागी छन् । फाइनल शुक्रबार हुनेछ ।