पोखरा । पोखरामा मंगलबारबाट इन्द्रबहादुर गुरुङ स्मृति विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको पहिलो दिन उच्च मावि तहको छात्रा एकलतर्फ सैनिक आवसियकी आकृति पोखरेलले गण्डकी बोर्डिङ स्कुलकी नर्मता थापालाई ५–५,१५–६ को सेटले पराजित गरिन् ।
सैनिककी स्वष्तिका पौडेलले जनप्रियकी सागुन गैह्रेलाई १५–६, १५–४ को सेटले पराजित गरेकी थिईन् । गण्डकी बोर्डिङकी अमिषा कार्कीले ग्लोबलकी दिपशिखा खड्कालाई, जनप्रियकी पुजा शर्माले सैनिककी दिया थापालाई सोझो सेटमा पराजित गरिन् । जनप्रियकै प्रेक्ष्या केसीले सैनिककी कृष्टिना गुरुङलाई पराजित गरेकी हुन् ।
माध्यमिक तह छात्र एकलतर्फ प्रगतिका शशांक अधिकारीले सिदार्थ बोर्डिङका कपिल लामिछानेलाई १५–४, १५–४ को सोझो सेटले पराजित गरेका थिए । त्यसैगरी अर्को खेलमा सैनिक आवासिय विद्यालयका विजय खत्रीले शान्ति निकुन्जका कान्ति गुरुङलाई १५–७,१५–१० को सेटले पराजित गर्दै अर्को चरणमा प्रवेश गरे ।
ग्लोबल कलेजियटका एरिकसन गुरुङले प्रगतिका जीवन श्रेष्ठलाई १२–१५, १५–९ र १५–९ कै सेटमा पराजित गरेका थिए । प्रगतिका सुमन गुरुङले सैनिकका यासिज केसीलाई १५–९, १५–८ को सेटमा पराजित गरेका थिए ।
सैनिकका सौरभ थापाले सरस्वतीका असिम मगरलाई सोझो सेटमा पराजित गर्ने क्रममा १५–९, १५–४ को सेटमा पराजित गरेका थिए । प्रगतिका आयुष केसीले टप्सका सुकुम गुरुङलाई १५–४, १५–६को सेटमा पन्छाएका थिए ।
सैनिकका अनमोल बोगटीले प्रगतिका अमन खवासलाई १५–१०, १५–९ को सेटमा, सैनिकै अंकित गुरुङले बिएमजीका पुजन गुरुङलाई १५–१, १५–६ को सेटमा पराजित गरेका छन् । सैनिकका प्रतिक श्रेष्ठले प्रगतिका पविन गुरुङलाई पराजित गर्द प्रगतिका आयुष थापाले सैनिकका दिपेश खत्रीको चुनौतिलाई पन्छाए ।
आधारभूत तहतर्फ छात्र एकलमा कुमुदिनी होम्सका एलेक्स लामाले निलगिरीका ब्यास बग्दासलाई १५–६, १५–७ को सेटमा पराजित गरे । प्रगतिका सुमित सुनारले कुमुदिनीकै मेनिन अधिकारीलाई, एसओएस हरमन माईनरका मान्सन गुरुङले कुमुदिनीहोम्सका अंकित सुवेदीलाई पराजित गरेका छन् ।
प्रगतिका सुवोध अधिकारीले कुमुदिनीहोम्सका श्रेयस श्रेष्ठलाई पराजित गरे । निलगिरीका श्रीशान्त पौडेलले कुमुदिनीहोम्सका दीर्घायु शाक्यलाई पराजित गरेका थिए ।
प्रतियोगितामा २७ विद्यालयको ३०६ विद्यार्थीको सहभागिता रहेको छ ।