काठमाडौं । टीआईए र रुपिजले चौथो बीआईबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् ।
टीआईए सिनियर ब्वाइज तथा रुपिज सिनियर गल्र्समा च्याम्पियन बनेका हुन् ।
ब्वाइज फाइनलमा टीआईएले आयोजक बौद्ध इन्टरनेसनल स्कुललाई ७४–६५ ले पराजित गर्यो । टीआईएको जितमा सम्राट गुरुङले ३० अंक योगदान गरे ।
गल्र्स फाइनलमा साइसा प्रधानको २२ अंक सहयोगमा रुपिजले द चाँदबागलाई ३६–३५ को साँघुरो अन्तरले हरायो । साइसा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भइन् । ब्वाइजमा टीआईएका तेन्जिङ शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।
ब्वाइजमा आयोजक बौद्धका पिरातात लिम्पु तथा गल्र्समा रुपिजकी सुर्मा थेबे प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । लिम्पुले १ सय ४६ अंक तथा सुर्माले ७५ अंक जोडे । ब्वाइजमा एडभान्सले अनुशासित टिमको उपाधि हात पार्यो ।
विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । १३ दिने प्रतियोगिताको ब्वाइजमा १६ तथा गल्र्समा १० टिम सहभागी थिए ।