काठमाडौं । भ्याली पब्लिक र न्यु समिटले चौधौं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार विजयी सुरुआत गरेका छन् ।
भ्याली पब्लिकले आयोजक ग्रिनल्यान्ड ‘बी’ लाई ४१–३५ ले पराजित गर्यो । भ्याली पब्लिकका सक्रिय अधिकारीले १८ अंक जोडे । न्यु समिटले ग्रिनफिल्डलाई ३३–३० ले हरायो । न्यु समिटका सञ्जोग महर्जनले ९ स्कोर गरे । सिनियर ब्वाइजमै बीएनएले हिमालयलाई ३३–२९ ले पाखा लगायो । बीएनएका हितेश गुरुङले ११ अंक जोडे ।
जुनियर ब्वाइजमा एचएचसीएले दीपज्योतिलाई २१–१९, लालीगुराँसले लक्ष्मीपुरलाई २५–१६ र ग्रिनफिल्डले जुगललाई २०–१२ ले पन्छाए । एचएचसीएका दीपेश राईले ७, लालीगुराँसका दीपेश कार्कीले ९ र ग्रिनफिल्डका प्रशान्त बिसीले ५ अंक जोडे ।
सिनियर गल्र्समा एचएचसीएले केभीकेएसएसलाई २६–१४ तथा हिमालयले प्रोलिफिकलाई २३–१९ ले पराजित गरे । एचएचसीएकी अनिता राईले १३ तथा हिमालयकी रेजिना गदालले ९ स्कोर गरे ।
प्रतियोगिताको प्याब्सन प्रदेश ३ का अध्यक्ष थकिनकुमार गुरुङले एक कार्यक्रमबीच निर्णायकलाई बल हस्तान्तरण गरी उद्घाटन गरे ।