काठमाडौं । किङ्स र कुमारी फुटसलले मीराई काडम्बरी कप अन्तर कलेज फुटसल प्रतियोगिताको उपाधि जितेका छन् ।
कादम्बरी मोमेरियल कलेजको आयोजना भएको प्रतियोगिताको पुरुषतर्फ किङ्स र महिलामा कुमारी च्याम्पियन बनेका हुन् ।
हाडीगाउँस्थित धनेन्तरी फुटसलमा भएको पुरुषको फाइनलमा किङ्सले सफ्टारिका कलेजलाई १-० गोल अन्तरले पराजित गर्यो । उपाधिसँगै किङ्सले ३० हजार नगद प्राप्त गर्यो ।
महिलातर्फ उपाधि जित्न कुमारीले चमुण्डा स्पोर्ट्स क्लबलाई १-० ले नै पराजित गर्यो । कुमारीले १५ हजार प्राप्त गर्यो ।
मीराई एजुकेसन एण्ड भिसाको मुख्य प्रायोजन भएको प्रतियोगितामा पुरुषतर्फ प्रकाश थापा र महिलातर्फ सुबु खड्का उत्कृष्ट खेलाडी चुनिए ।
प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ ८ टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगिताको दौरान राष्ट्रिय फुटबल टिमका सदस्य सन्तोष तामाङलाई पनि सम्मानित गरिएको थियो ।