आयोजक र्यामपेज र निसर्ग सेमिफाइनलमा
मंगलबार, ०३ भाद्र २०७६खेलपाटी संवाददाता

धनगढी । आयोजक र्यामपेज फुटसल क्लब र निसर्ग अस्पतालले प्रथम स्वास्थ्यकर्मी फुटसल प्रतियोगिता विजयी सुरुवात गरेका छन् ।
धनगढीमा मंगलबार भएको खेलमा नवजीवन अस्पतालाई ५—१ गोल अन्तरले पराजित गर्दै र्यामपेज सेमिफाइनल पुगेको हो । सेमिफाइनलमा अब र्यामपेजले गेटा आँखा अस्पताल र सिटी पोलि क्लिनिकबीचको विजेतासँग खेल्नेछ ।
धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा निसर्ग अस्पतालले सिपी अस्पताललाई ५—२ ले गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ ।
र्यामपेज फुटसल क्लबको आयोजनामा चार दिनसम्म चल्ने प्रतियोगितामा विभिन्न ८ टोलीको सहभागिता रहने छ ।
प्रतियोगिताको विजेताले नगद १० हजार तथा उपविजेताले नगद ५ हजार सहित ट्रफी मेडल र प्रमाण पाउने आयोजकले जनाएको छ ।






-1763450218248.jpg&w=3840&q=75)

-1759666509639.jpg&w=3840&q=75)


-1765627825694.jpeg&w=3840&q=75)




