काठमाडौं । राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षक छनोटको बिषयमा फुटसल प्रशिक्षकहरुले विरोध जनाएका छन् ।
इरानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिप छनोटका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटीले विष्णु गुरुङलाई मुख्य प्रशिक्षक नियुक्त गरेपछि अन्य प्रशिक्षकहरुले विरोध जनाएका हुन् ।
एन्फाले आइतबार गुरुङलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । यस्तै सहायक प्रशिक्षकमा गौरव बस्नेत नियुक्त भएका थिए ।
तर, नेपालका ९ फुटसल प्रशिक्षकहरुले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै मुख्य प्रशिक्षक छनोट प्रक्रियामा ध्यानाकर्षण भएको जनाएका छन् ।
फुटसलको लेभल वान कोर्स गरेका प्रशिक्षकहरुले आफुहरुसँग छलफल नगरी कमिटिका संयोजक दावा लामाले एकलौटी तरिकाले मुख्य प्रशिक्षक छनोट गरेको भन्दै बिरोध जनाएका छन् ।
नेपालमा १८ जना लेभल वान कोर्स गरेका प्रशिक्षकहरु रहेको तर विष्णुसँग प्रशिक्षकको अनुभव नभएको र हालसम्म कुनै पनि ठुलो स्तरको प्रशिक्षकमा काम नगरेकालाई सिधै मुख्य प्रशिक्षकमा नियुक्त गरेको भन्दै आपत्ति जनाएका हुन् ।
प्रेस विज्ञप्ति :