काठमाडौं । इरानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिप छनोटका लागि नेपालले प्रारम्भिक राष्ट्रिय फुटसल टोलीको घोषणा गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटिले आइतबार छनोटमा सहभागिता जनाउने प्रारम्भिक टोलीको घोषणा गरेको हो । कमिटीले घोषणा गरेको प्रारम्भिक टोलीमा ३७ खेलाडी अटाएका छन् ।
एन्फाले पाँच दिने खुल्ला प्रतिस्पर्धाबाट प्रारम्भिक चरणमा ३७ खेलाडी छनोट गरेको हो । खुल्ला छनोटबाट आएका खेलाडीलाई एन्फा फुटसल प्रशिक्षकको एक छनोट कमिटीले छनोट गरेको थियो ।
कमिटीमा चक्र तामाङ, चेतन घिमिरे, बिक्रम महर्जन, दिपक भुषाल, नरेश श्रेष्ठ, सरोज थापा, विष्णु गुरुङ, गौरव बस्नेत, जिवन सिंकेमान, प्रकाश परियार र विनोद लामा थिए ।
सेन्टर र साउथ जोनमा रहेको नेपालले ताजकिस्तानसँग कात्तिक ६ गते पहिलो खेल खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसँग कात्तिक ७ गते खेल्नेछ । उज्वेकिस्तान चार पटकको उपविजेता टिम हो । नेपालले अन्तिम खेल अफगानिस्तानसँग कात्तिक ८ गते खेल्नेछ ।
छनोटको शीर्ष टिम फाइनल चरणमा छनोट हुनेछन् । फाइनल चरणको खेल भने फेब्रुवरी २७ देखि मार्च ८ गतेसम्म तुर्केमिनिस्तानमा आयोजना हुनेछ ।
प्रारम्भिक नेपाली टिम :
आशिष लामा, नविन लामा, सुमित आले, नेत्र बहादुर श्रेष्ठ, अनिष श्रेष्ठ, रवि चन्द्र थापा, आदिल हामिद, विजय श्रेष्ठ, विनोद गुरुङ, अमित लामा, दिपेश धले, निर्मल गुरुङ, अभय राना, विजय गुरुङ, आशिष कपाली, बिश्वोजित राई, एलिक तामाङ, जेनिस प्रजापति, मनि लामा, सरोज तामाङ, प्रवेश जोशी, दिपेश श्रेष्ठ, रुपेश क्षेत्री, उर्जेन शेर्पा, राफि महर्जन, मनिष सेडाई, मनिष लामा, संजय राजबहाक, विजय बोहोरा, हिमशाईल जिसी