काठमाडौं । इरानमा आयोजना हुने सन् २०२० एएफसी फुटसल च्याम्पियनसिपको छनोटमा सहभागीता जनाउने राष्ट्रिय फुटसल टिमको प्रारम्भिक घोषणा भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटिले प्रतियोगितामा सहभागीता जनाउने सुरुवाती खेलाडीको नाम सार्वजनिक गरेको हो ।
आईतबार सुरुवाती प्रशिक्षणको लागि फुटसल कमिटिले ३७ खेलाडीलाई बोलाएको हो ।
एन्फाले यस पटक राष्ट्रिय फुटसल टिमको छनोट खुल्ला प्रतिस्पर्धाबाट गरेको हो । चुच्चेपाटी स्थित भाटभटेनीमा पाच दिनसम्म संचालित छनोटबाट प्रारम्भिक प्रशिक्षणमा खेलाडी बोलाइएको छ ।
खुल्ला छनोटबाट आएका खेलाडीलाई एन्फा फुटसल प्रशिक्षकको एक सेलेक्सन कमिटीले छनोट गरेको थियो । जसमा चक्र तामाङ, चेतन घिमिरे, बिक्रम महर्जन, दिपक भुषाल, नरेश श्रेष्ठ, सरोज थापा, विष्णु गुरुङ, गौरव बस्नेत, जिवन सिंकेमान, प्रकाश परियार र विनोद लामा थिए ।
सेन्टर र साउथ जोनमा रहेको नेपालले ताजकिस्तानसँग कात्तिक ६ गते पहिलो खेल खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसँग कात्तिक ७ गते खेल्नेछ । उज्वेकिस्तान चार पटकको उपविजेता टिम हो । नेपालले अन्तिम खेल अफगानिस्तानसँग कात्तिक ८ गते खेल्नेछ ।
छनोटको शीर्ष टिम फाइनल चरणमा छनोट हुनेछन् । फाइनल चरणको खेल भने फेब्रुवरी २७ देखि मार्च ८ गतेसम्म तुर्केमिनिस्तानमा आयोजना हुनेछ ।
प्रारम्भिक छनोट खेलाडी ः