काठमाडौं । नेपाली फुटबलका लिजेण्ड खेलाडी मणिविक्रम शाहको स्मृतिमा नेपाल खेलाडी तथा प्रशिक्षक संघ प्रदेश ३ कमिटीले फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आयोजकले आइतबार पत्रकार सम्मेलन गरी मणिविक्रम शाह स्मृति अन्तरविद्यालय फुटसल प्रतियोगिता आयोजना गर्ने जनाएको छ । प्रतियोगिता भदौ २३ देखि २९ गतेसम्म आयोजना हुनेछ ।
प्रतियोगितामा ३२ टिमको सहभागिता अपेक्षा गरिएको प्रतियोगिता संयोजक राजेश महर्जनले जानकारी दिए ।
होम एन्ड अवेका आधारमा हुने प्रतियोगिताको विजेताले २५ हजार तथा उपविजेताले १५ हजार नगद पुरस्कार पाउने छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने बताइएको छ ।