काठमाडौं । प्रधुम्ना सिम्खडाले पाँचौ संस्करणको सुर्य नेपाल गोकर्ण मन्थ्ली मेडल गल्फको उपाधि जितेका छन् ।
गोकर्ण गल्फ क्लबमा शनिबार ११ अण्डर ६१ स्कोर गर्दै उपाधि जितेका हुन् ।
यस्तै फिन्ट्सो ओङ्ग्दी लामाले ४ अण्डर ६८ स्कोरसहित दोस्रो स्थान हासिल गरे । ३ अण्डर ६९ स्कोर गरेका पूर्ण बहादुर राई तेस्रो भए ।
प्रतियोगितामा टासी दोङले बेष्ट ग्रसको अवार्ड जिते । सहदेव आचार्यले जुनियरतर्फको उपाधि हात पारे ।
प्रतियोगितामा ३९ खेलाडीले सहभागिता जनाएका थिए ।