काठमाडौं । पहिलो संस्करणको स्कोडा अन्तर बैंक फुटसल च्याम्पियनसिपको क्वाटरफाइनल समीकरण पुरा भएको छ ।
ढोलाहिटीस्थित एक्टिभ स्पोर्ट्स कम्प्लेक्समा शनिबार लिग चरणको खेल सकिएसँगै क्वाटरफाइनल समीकरण पुरा भएको हो ।
एक्टिभ स्पोर्ट्स कम्प्लेक्सको आयोजनामा जारी प्रतियोगितामा कुमारी बैंक, ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक, मेगा बैंक, सिभिल बैंक, प्रभु बैंक, हिमालयन बैंक र एनएमबी बैंकले क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
अब क्वाटरफाइनलमा कुमारीले मेगा, एनआईसी एसियाले ग्लोबल आईएमई, सिभिलले एनएमबी र हिमालयनले प्रभुसँग खेल्नेछन् । क्वाटरफाइनलदेखि फाइनल चरणसम्मको खेल शनिबार हुनेछ ।
प्रतियोगितामा २० बैंकहरुको सहभागिता रहेको छ । मोरंग अटो वर्क्स अन्तर्गत स्कोडा गाडीको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा बैंकमा कार्यरत कर्मचारीले मात्र खेल्न पाउने छन् ।
प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार पाउने छन् । उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले कम्प्लेक्समा एक वर्षको लागि निशुल्क स्विमिङ गर्न पाउने छन् ।
प्रतियोगिताको उद्घाटन नेपाली राष्ट्रिय टोलीका गोलकिपर तथा उपकप्तान किरण चेम्जोङले गरेका थिए ।