काठमाडौं । एएफसी फुटसल च्याम्पियनसिप-२०२० छनोटमा नेपाल समूह 'ए' मा परेको छ ।
एसियन फुटबल कन्फेडेरेसनले बिहिबार सार्वजनिक गरेको 'ड्र' मा नेपाल कठिन समूह समूह 'ए' मा परेको हो ।
सेन्ट्रल र साउथ जोनमा रहेको नेपालको समूहमा चार पटकको उपविजेता उज्वेकिस्तान,अफगानिस्तान र ताजेकिस्तान रहेका छन् । समूह 'बी' मा इरान, किर्गिस्तान र तुर्किमिनिस्तान रहेका छन् ।
इरानमा आयोजना हुने छनोट आगामी अक्टोबर १६ देखि २७ सम्म हुनेछ । फाईनल चरणको छनोट भने फेब्रुवरी २७ देखि मार्च ८ गतेसम्म तुर्केमिनिस्तानमा आयोजना हुँदैछ । फाइनल चरणको प्रतियोगितामा १५ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
छनोटका लागि नेपालले आगामी भदौ दोस्रो साता फुटसल प्रतियोगिता आयोजना गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी गराएको छ । एन्फाको फुटसल समितिले प्रतियोगिता भदौ ९ गतेबाट २० गतेसम्म संचालन हुनेछ ।
यस अघि नेपालले एएफसी फुटसल च्याम्पियनसिप २०१८ को छनोट खेलेको थियो । नेपाल तुर्किमिनिस्तान, उज्वेकिस्तान र किर्गिस्तानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।