काठमाडौं । बालअधिकार अभियान नेपाल, बालअधिकारका लागि राष्ट्रिय अभियान नेपाल र जिल्ला बाल क्लब सञ्जाल काठमाडौंको संयुक्त आयोजनामा मैत्रीपूर्ण फूटसल कार्यक्रमको आयोजना गरिएको छ ।
बालबालिकामाथि हुने गरेका दुर्व्यवहारको अन्त्यका लागि साङ्केतिक आव्हान स्वरुप यस कार्यक्रमको आयोजना गरिएको बालअधिकारका लागि राष्ट्रिय अभियान नेपालका संयोजक प्रविण सिलवालले बताए ।
साथै पीडामा परेका बालबालिकाको संरक्षणका लागि वयस्क अभियन्ताहरुको पनि ऐक्यबद्धता होस् भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको जिल्ला बालक्लब सञ्जालका अध्यक्ष राजाराम बस्नेतले बताए ।
बालक्लबका पदाधिकारी, बालक्लबका पूर्व पदाधिकारी तथा बालअधिकारको क्षेत्रमा क्रियाशील नागरिकहरुको संयुक्त पहलमा “बालबालिकाको भविष्य सुरक्षित, संरक्षित र बालअनुकूल पार्न वर्तमानमा क्रियाशील बनौं” भन्ने नाराका साथ यस अभियान सुरू गरिएको बालअधिकार अभियान नेपालका संयोजक नवीनचन्द्र घिमिरेले बताए ।
मैत्रीपूर्ण फूटसल कार्यक्रममा बालअधिकारको क्षेत्रमा क्रियाशील ४० जना बालबालिकादेखि अग्रज अभियन्ताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा ललित बहादुर शाहीको नेतृत्वको नीलो समूहले रमेश खतिवडाको नेतृत्वको रातो समूहलाई ६–४ गोल गरी विजयी भएको थियो ।
कार्यक्रमको अन्त्यमा कार्यक्रमका सम्पूर्ण सहभागी अभियन्ता खेलाडीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम काठमाडौं सिनामंगल ओरालोस्थित फाइभ फाइभ फूटसल मैदानमा आयोजना गरिएको थियो ।