आइतबार क्यानले २९ जिल्ला र ६ प्रदेशलाई ग्रासरुट क्रिकेट विकासको लागि बजेट पठाएको हो ।
राईलाई कर्णाली स्पोर्ट्स क्लबले १० हजार तथा जुम्ला एथलेटिक्स संघ र कीर्तिमानी पूर्व धावक ओलम्पियन हरिबहादुर रोकायाले समान ५–५ हजार नगद सहयोग प्रदान गरेका हुन् ।
नव नियुक्त सदस्य सचिवको स्वागतमा नेपाल भलिबल संघले आयोजना गरेको कार्यक्रममा सिलवालले आफ्नो कार्यकालको सुरुवाती दुई वर्षमा भलिबलको कभर्डहल निर्माण गरिने बताएका हुन् ।
ह्यामिल्टनले आइतबार राति रेड्बुलका म्याक्स भेर्स्टापेनलाई पछि पार्दै उपाधि जितेका हुन् । उनले सातौं पटक ब्रिटिस ग्राण्ड प्रिक्स जितेका हुन् ।
परिषद्को सदस्यका आकांक्षीहरुले बायोडाटा मेल गर्नेदेखि आफै उपस्थित भएर खेलकुद मन्त्रीसंग सदस्यका मनोनित गर्न अनुरोध गर्ने गरेका छन् ।