काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले जिल्ला र प्रदेशलाई क्रिकेट गतिविधि सञ्चालन गर्न बजेट निकासा गरेको छ ।
आइतबार क्यानले २९ जिल्ला र ६ प्रदेशलाई ग्रासरुट क्रिकेट विकासको लागि बजेट पठाएको हो ।
क्यानले जिल्लालाई ५० हजार र प्रदेशलाई एक लाखका दरले पैसा निकासा गरेको क्यानका कोषाध्यक्ष रोसन सिंहले खेलपाटीलाई जानकारी दिए ।
क्यानले बाँकी १० जिल्लाको बैंक खाता नआएका कारण पैसा निकासा गर्न नसकिएको जनाएको छ । बैंक खाता प्राप्त हुने बित्तिकै बाँकी जिल्लालाई समेत बजेट निकासा गरिने कोषाध्यक्ष सिंह बताउँछन् ।
‘क्यानले पहिलो पटक जिल्लालाई यति ठुलो रकम निकासा गरेको हो ।’ कोषाध्यक्ष सिंहले भने, ’केही जिल्लाको बैंक खाता नआएको कारण हाललाई बाँकी राखिएको छ । खाता नम्बर आएपछि तुरुन्तै रकम पठाउँछौं ।’
हाल क्यानमा ३९ जिल्ला आबद्द रहेका छन् ।