मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेलकुदका नेताबाट कोरोनालाई चुनौती !

मंगलबार, २० श्रावण २०७७खेलपाटी संवाददाता
खेलकुदका नेताबाट कोरोनालाई चुनौती !
Loading ad...
mustang rice ad

काठमाडौं । कोभिड–१९ (कोरोना भाईरस)ले विश्व आक्रान्त छ । संक्रमणको प्रभावबाट नेपालसमेत थलिएको छ । सयौं संख्यामा संक्रमित थपिएका छन् । कोरोना समुदाय स्तरमा फैलिसकेको छ ।

महामारीको रुपमा फैलिएको भाईरसबाट देशका हरेक क्षेत्र प्रभावित छन् । अझ ठुलो असर खेलकुद क्षेत्रमा परेको छ । प्रतिस्पर्धात्मक खेलकुदले उल्लेख्य रुपमा दर्शकको माग गर्छ । खेलाडीबीच घम्साघम्सी, दर्शकबीच पक्ष–विपक्षमा हुटिङ जस्ता कुरा खेलकुदको चरित्रनै हो ।

चार महिना बढी जस्तै भो, खेलाडी घर बाहिर निस्कन पाएका छैनन् । खेल मैदान खाली छ । खेलकुदका गतिविधि ठप्प प्राय छ । सरकारले भदौबाट अन्तराष्ट्रिय प्रतियोगिताका लागि खेलकुद प्रशिक्षण थाल्न अनुमती प्रदान गरेको छ । फुटबल र क्रिकेटले प्रशिक्षणको तयारी पनि सुरु गरेका छन् । तर बढ्दो संक्रमणले दैनिक जनजिवननै अस्त ब्यस्त बनिरहेको समय खेलकुद समेत अनिश्चित छ ।

खेलकुद गतिविधि ठप्प छन्, खेलाडी घर बाहिर निस्कन पाएका छैनन्, प्रशिक्षण र प्रतियोगिता अनिश्चित छ । खेलकुद कसरी सुरु गर्ने भनेर सरकारले भेउ पाउन सकेको छैन ।

मैदानमा खेलाडी त छैनन्, तर मैदान बाहिर खेलकुदका नेतालाई कोरोनाको डर देखिदैन । स्वागत, बधाई, बिदाई र धन्यवादका खेलकुद कार्यक्रम आयोजना भईरहेका छन् । भर्खरै राखेपमा नयाँ नियुक्तिबाट उपाध्यक्ष र सदस्य सचिव आएका छन् । केही बोर्ड सदस्य मनोनित भएका छन् ।

राखेप अन्तर्गतका खेलकुदका संघहरु नयाँ उपाध्यक्ष, सदस्य सचिव र सदस्यहरुलाई स्वागत र बधाई कार्यक्रम आयोजना गर्न तछाड मछाड लागि परेका छन् । न त उनीहरुले स्वास्थ्यको उचित सावधानी अपनाएका छन्, न त शारीरिक दुरीनै कायम राखेका छन् ।

देशभर संक्रमितको संख्या उल्लेख्य रुपमा बढेपनि खेल संघका पदाधिकारी ज्यानको बाजी थापेर राखेपका पदाधिकारीको स्वागतमा जुटेका छन् ।

डक्टर अनुप सुबेदी खेलकुदमा अनावश्यक जमघट बन्द गर्नुपर्ने सुझाव दिन्छन् ।

‘अनावश्यक भेट गर्ने कार्यक्रम गर्नु हुदैन । बरु अनलाईन भेटघाट तथा कार्यक्रम गर्न सकिन्छ । खुल्ला स्थानमा दुरी राखेर कार्यक्रम गर्न सकिन्छ । जमघट गर्दा संक्रमण फैलने डर हुन्छ ।’ उनले भने ।

गत आईतबारमात्र नेपाल भलिबल संघले सदस्य सचिव र बोर्ड सदस्यको सम्मानमा काठमाडौस्थित होटल क्राउन प्लाजामा एक कार्यक्रमको आयोजना गर्यो । मञ्चमा लहरै खेल संघका पदाधिकारीदेखि राखेपका नव नियुक्त अनुहारहरु देखिन्थे । न त उनीहरुले सामान्य मास्कनै लगाएका थिए, न त शारीरिक दुरी कायम गरेका थिए । लाग्थ्यो, मञ्चबाटै संघका पदाधिकारी र बोर्ड सदस्यहरु कोरोनालाई चुनौती दिईरहेका थिए ।

Image may contain: 9 people, including Indira Niraula, Rim Ranabhat, Kumar Rai and Kumar Raj Subedi, people standing and suit

भलिबल संघ लगत्तै अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार राखेपका नवनियुक्त उपाध्यक्ष सहित सदस्य सचिव र सदस्यलाई बधाई कार्यक्रमको आयोजना गर्यो । त्यहाँ समेत हाल उही देखिन्थ्यो । संघका सबै पदाधिकारी नवनियुक्त खेल पदाधिकारीसंग काँध जोडेर उभिएका थिए । धेरैका अनुहारमा न मास्कनै देखिन्थ्यो, न त भौतिक दुरी कायम राखेका थिए ।

कोरोनाको डरले सरकार र एन्फाले खेलाडीलाई होटल र होस्टेलमा थुनेर राखेको छ । तर पदाधिकारीमा कोरोनाको पटक्कै चिन्ता देखिदैन ।

के खेलकुदका पदाधिकारीलाई कोरोना लाग्दैन ?

एन्फाका एक पदाधिकारी फिस्स हाँसे ।

Image may contain: 10 people, people standing, suit and indoorबधाई थाप्न पुगेका राखेपका नवनियुक्त उपाध्यक्ष शिव कोईराला भने कोरोनाको महामारीको समय औपचारिक कार्यक्रम गर्नु उचित नहुने बताउँछन् । उनी स्वास्थ्यलाई जोखिममा राखेर कुनै कार्यक्रम गर्न नहुने तर्क गर्छन् । तर सचेत भएर खेलकुद अघि बढाउनुको विकल्प नभएको उनी बताउँछन् ।

त्यसो भए खेलकुदका उच्च पदाधिकारीलाई सम्मान र बधाई खान किन यति हतार ?

‘कुनै कार्यक्रममा उपस्थित हुनै पर्ने बाध्यतामा मात्र एन्फा गएको हो ।’ उनी प्रष्टिकरण दिन्छन् ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

 मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य