राईलाई आर्थिक सहयोग
सोमबार, १९ श्रावण २०७७खेलपाटी संवाददाता

काठमाडौं । सल्यान जिल्ला खेलकुद विकास समितिका एथलेटिक्स सहायक प्रशिक्षक रविनकुमार राईलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।
राईलाई कर्णाली स्पोर्ट्स क्लबले १० हजार तथा जुम्ला एथलेटिक्स संघ र कीर्तिमानी पूर्व धावक ओलम्पियन हरिबहादुर रोकायाले समान ५–५ हजार नगद सहयोग प्रदान गरेका हुन् ।
राई हाल काठमाडौं रिसर्च सेन्टरमा उपचार गराईरहेका छन् । राईलाई क्लबका संस्थापकद्वय उमेश रोकाया र यज्ञप्रसाद देवकोटाले रकम हस्तान्तरण गरे ।







-1764668485959.png&w=3840&q=75)



-1764852721214.jpg&w=3840&q=75)
-1764846408866.jpg&w=3840&q=75)


