पहिलो हाफमा मेक्सिको र पोल्याण्डको बराबरी
दोहास्थित स्टेडियम ९७४ मा जारी खेलको पहिलो हाफ सकिदा मेक्सिको र पोल्याण्डले गोलरहित बराबरी खेलेका छन् ।
दोहास्थित स्टेडियम ९७४ मा जारी खेलको पहिलो हाफ सकिदा मेक्सिको र पोल्याण्डले गोलरहित बराबरी खेलेका छन् ।
लुसाइल स्टेडियममा मंगलबार भएको खेलमा साउदीले अर्जेन्टिनालाई २-१ गोल अन्तरले हराएको थियो ।
दोहाको एजुकेसन सिटी स्टेडियममा मंगलबार भएको खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।
दोहाको एजुकेसन सिटी स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेलेका छन् ।
मंगलबार भएको खेलमा साउदी अरेबियासँग २-१ गोल अन्तरले पराजित हुँदै अर्जेन्टिनाले हारबाट विश्वकपको सुरुआत गरेको हो ।
लुसाइल स्टेडियममा जारी खेलको दोस्रो हाफमा अर्जेन्टिनाविरुद्ध साउदीले लगातार दुई गोल गरेको छ ।
लुसाइल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले साउदीविरुद्ध १-० गोलको अग्रता लिएको छ ।
लुसाइल स्टेडियममा जारी खेलमा अर्जेन्टिनाले साउदीविरुद्ध सुरुआती अग्रता बनाएको छ ।
साविक विजेता फ्रान्सले दोहास्थी अल जानुब स्टेडियममा अष्ट्रेलियाको सामना गर्नेछ । समूह 'डी' मा रहेको फ्रान्स र अष्ट्रेलियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
दोहास्थित स्टेडियम ९७४ मा मेक्सिको र पोल्याण्डबीचको खेल हुनेछ । समूह 'सी' मा रहेका दुई टोलीबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ।
दोहाको एजुकेसन सिटी स्टेडियममा डेनमार्कले ट्युनिसियाको सामना गर्नेछ । समूह 'डी' मा रहेको डेनमार्क र ट्युनिसियाबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
अर्जेन्टिनाले लुसाइल स्टेडियममा साउदीसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ । समूह 'सी' मा रहेको अर्जेन्टिना र साउदीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ ।