काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा अहिले उपाधि दाबेदार अर्जेन्टिनाले साउदी अरेबियासँग प्रतिस्पर्धा गरिरहेको छ ।
लुसाइल स्टेडियममा जारी खेलको दोस्रो हाफमा अर्जेन्टिनाविरुद्ध साउदीले लगातार दुई गोल गरेको छ ।
कप्तान लियोनल मेस्सीले १० औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।
साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएको हो।
तर, खेलको ४९ औं मिनेटमा सलेह अल शेहरीले गोल गर्दै साउदीलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ५३ औं मिनेटमा सलिम अल्दावसरीले गोल गर्दै साउदीलाई २-१ को अग्रता दिलाएका छन् ।