अर्जेन्टिनालाई हराएपछि साउदीमा बुधबार सार्वजनिक बिदा !
मंगलबार, मंसिर ६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । कतार विश्वकप फुटबलमा अर्जेन्टिनालाई हराएपछि साउदी अरेबियाका राजा सलमानले भोलि बुधबार सार्वजनिक बिदाको घोषणा गरेका छन् ।
लुसाइल स्टेडियममा मंगलबार भएको खेलमा साउदीले अर्जेन्टिनालाई २-१ गोल अन्तरले हराएको थियो ।
साउदीले अर्जेन्टिनाविरुद्ध पुनरागमन गर्दै जित निकालेको हो । साउदीले अर्जेन्टिनाविरुद्ध निकालेको यो पहिलो जित हो ।
अर्जेन्टिनाविरुद्ध ऐतिहासिक जित निकालेपछि राजा सलमानले बुधबार सार्वजनिक बिदा दिएका हुन् ।
साउदीलाई जित दिलाउन सलेह अल शेहरी र सलिम अल्दावसरीले एक एक गोल गरे ।
अर्जेन्टिनाका लियोनल मेस्सीले एक गोल गरेका थिए ।
अर्जेन्टिनालाई हराएपछि साउदीमा बुधबार सार्वजनिक बिदा !











-1761584666208.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)



