काठमाडौं । कतारमा जारी फिफा विश्वकप अन्तर्गत आज मंगलबार हुने तेस्रो खेलमा मेक्सिको र पोल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।
दोहास्थित स्टेडियम ९७४ मा मेक्सिको र पोल्याण्डबीचको खेल हुनेछ । समूह 'सी' मा रहेका दुई टोलीबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
पोल्याण्डविरुद्ध मैदान उत्रदा मेक्सिको ३ अंकको खोजीमा हुनेछ । तर, बलियो पोलिस टिमविरुद्ध मेक्सिकोलाई सहज हुने छैन ।
यस पटक मेक्सिकोले क्वाटरफाइनल भन्दा माथि पुग्ने योजना बनाएको छ । मेक्सिको यस अघि लगातार ७ पटक अन्तिम १६ बाट बाहिरिएको छ ।
पोल्याण्ड पनि यस पटक समूह चरण पार गरे योजनामा रहेको छ । जसको लागि पोल्याण्ड पहिलो खेलमा मेक्सिकोलाई हराउने योजनामा रहेको छ ।
पोल्याण्डले सन् १९७४ र १९८२ को विश्वकपमा तेस्रो स्थान हासिल गरेको थियो । त्यसयता पोल्याण्डको प्रदर्शन सन्तोषजनक छैन ।
हेड टु हेड -
मेक्सिको र पोल्याण्डबीच हालसम्म ८ खेलमा प्रतिस्पर्धा भएको छ । सबै खेल मैत्रीपूर्ण रहेको छ ।
मेक्सिको र पोल्याण्डबीचको ८ खेलमा ३ खेल मेक्सिको र ३ खेलमा पोल्याण्डले जितेको छ । दुई खेल भने बराबरीमा सकिएको छ ।
सम्भावित सुरुआती-११
मेक्सिको - गुइलेर्मो ओचोआ, जोर्गे सान्चेज, सेजर मोन्टेस, हेक्टर मोरेनो, जेसस ग्यालार्डो, हेक्टर हेरेरा, एडसन अल्भारेज, लुइस चाभेज, हिर्भिङ लोजानो, एलेक्सिस भेगा, रोजेलियो फ्युनेस मोरी
पोल्याण्ड - वोजसिएच स्जेस्नी, जान बेड्नारेक, कामिल जिल्क, जान बेड्नारेक ,जाकुब किविओर, रोबर्ट गुम्नी, सिमोन जुर्कोस्की, जेगोर्ज क्राइचोविक, सेबास्टियन सिमान्स्की, प्रजेमिस्लाव फ्रान्कोव्स्की, रोबर्ट लेवान्डोस्की, एर्काडिअस मिलिक
प्लेयर्स टु वाच -
यस खेलमा प्लेयर्स टु वाचमा मेक्सिकोका फरवार्ड हिर्भिङ लोजानो र पोल्याण्डका फरवार्ड रोबर्ट लेवान्डोस्की रहने छन् ।