पहिलो हाफमा अर्जेन्टिना १-० ले अगाडी
मंगलबार, मंसिर ६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा अहिले उपाधि दाबेदार अर्जेन्टिनाले साउदी अरेबियासँग प्रतिस्पर्धा गरिरहेको छ ।
लुसाइल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले साउदीविरुद्ध १-० गोलको अग्रता लिएको छ ।
कप्तान लियोनल मेस्सीले १० औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् ।
साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएको हो।
खेलको २८ औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गरेपनि मान्यता पाएन । भीएआरमा उनी अफसाइड देखिएका थिए ।
पहिलो हाफमा अर्जेन्टिना १-० ले अगाडी











-1761584666208.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)



