सोमबार खेलकुद मन्त्री जगत विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राखेप सदस्य सचिव केशवकुमार विष्ट, ओलम्पिक कमिटिका अध्यक्ष जिवनराज श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
सेमिफाइनलमा बंगलादेशसंग २–० ले पराजित भएपनि नरेशले श्रीलंकाविरुद्ध गरेको ह्याट्रिक नेपालका लागि सम्झन लायक रह्यो । उनले सर्वाधिक गोलकर्ताको रुपमा प्रतियोगिताको अन्त्य गरेका थिए ।
आगामी मंगलबारबाट सुरु हुने साफका १२ औ संस्करणमा प्रतिस्पर्धा गर्न नेपाली टोली आज दिउँसो ढाका पुगेको हो ।
प्याराग्लाइडिङको पुरुष टिमले क्रस कन्ट्री इभेन्ट्समा नेपाललाई एक रजत दिलाउन सफल भयो । विमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापा रहेको नेपाली टोलीले रजत दिलाएका थिए ।
नेपालले मंगलबार पाकिस्तानसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यस्तै नेपालले बिहिबार भुटान र शनिबार बंगलादेशको सामना गर्नेछ ।
नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशव कुमार बिष्ट, एन्फा अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा लगायतले विदाई गरे ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आईतबार बिहान खेलाडीको बिदाई गर्दै एन्फाले साफ जित्ने प्रत्येक खेलाडीलाई ५÷५ लाख दिने घोषणा गरेको हो ।
नेपाली फुटबलमा बालगोपाल महर्जन भाग्यमानी पात्र हुन् । खेलाडी र प्रशिक्षकको रुपमा उनी नेपाली फुटबलका सफल नाम हुन् ।
दक्षिण एसियाली फुटबल प्रतियोगिता साफको टिकट मुल्य निर्धारण गरिएको छ । बंगलादेश फुटबल संघले पत्रकार सम्मेलन गर्दै साफ फुटबलको टिकट मुल्य सार्वजनीक गरेको हो ।
सधैको दाबेदार नेपालले अहिलेसम्म प्रतियोगिताको फाईनल यात्रा समेत तय गर्न सकेको छैन । दक्षिण एसियाली फुटबलको ‘विश्वकप’ मानिने साफमा यसपटक समेत नेपालले सहभागिता जनाउदैछ । नेपाली टिमको कप्तानी विराज महर्जनले गर्नेछन् ।
१५ र १६ औं वरीयताको लागि तय भएको खेलमा किर्गिस्तान प्रतिस्पर्धा गर्न नआएका हुन् ।