काठमाडौं । बंगलादेशमा मंगलबारबाट सुरु हुने साफ सुजुकी कप फुटबलमा सहभागिता जनाउने नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेश प्रस्थान गरेको छ ।
साफ खेल्न २० खेलाडी र पदाधिकारी गरि २८ सदस्यीय नेपाली टोली आइतबार ढाका प्रस्थान गरेको हो । नेपाली टोलीलाई आइतबार अखिल नेपाल फुटबल संघ एन्फाले विदाई गरेको छ ।
नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशव कुमार बिष्ट, एन्फा अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा लगायतले विदाई गरे ।
साफमा नेपाल समूह ए मा रहेको छ । र, नेपालले मंगलबार पाकिस्तानसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यस्तै नेपालले बिहिबार भुटान र शनिबार बंगलादेशको सामना गर्नेछ । अर्को समूहमा भारत, माल्दिभ्स र श्रीलंका रहेको छ ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
नेपाली टोली -
गोलकिपर : किरणकुमार लिम्बु, विकेश कुथु र एलन न्यौपाने
डिफेन्स : दिनेश राजवंशी, देबेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द र सुमन अर्याल
मिडफिल्ड : हेमन्त थापा मगर, हेमन गुरुङm विशाल राई, सुनिल वल, सुजल श्रेष्ठ र निराजन खड्का
फरवार्ड : भरत खवास, विमल घर्तिमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट