काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ सुजिकी कप जित्ने खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आईतबार बिहान खेलाडीको बिदाई गर्दै एन्फाले साफ जित्ने प्रत्येक खेलाडीलाई ५\५ लाख दिने घोषणा गरेको हो ।
‘नयाँ आएको पदाधिकारी बैठकले साफ जित्ने खेलाडीलाई जनही ५ लाख दिने निर्णय गरेको छ ।’ एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले भने, ‘खाता रित्तो हुदाँ समेत हामीले पुरस्कार दिने निर्णय गरेका छौ । भोली एन्फा समृद्ध भए अझै ठुलो पुरस्कार दिनेछौ ।’
बंगलादेशमा मंगलबार सूरु हुने साफ च्याम्पियनसिप खेल्न नेपाली टोली आज ढाका प्रस्तान गर्दैछ ।
एन्फा कम्प्लेक्समा आज एक कार्यक्रमको आयोजना गरेर फुटबल संघले खेलाडी तथा अफिसियललाई बिदाई गरेको छ ।
कार्यक्रममा खेलकुदमन्त्री जगत विश्वकर्मा र राखेप सदस्य सचिव केशवकुमार विष्ट सहित एन्फा पदाधिकारी उपस्थित रहेका थिए ।