काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान बिराज महर्जनले साफ सुजुकी कप जित्दै नेपालीलाई खुसी बनाउन हर प्रयास गर्ने बताएका छन् ।
साफ सुजुकी कपको लागि बंगलादेश जानुअघि बोल्दै बिराजले दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेको स्मरण गर्दै नेपालीलाई खुसी दिलाउन खेलाडीले मेहेनत गरेको बताए ।
'सागको गोल्ड जस्तै साफमा पनि पदक जितेर नेपालीलाई खुसी खेलाडीले मेहेनत गरेको छ,' कप्तान बिराजले भने, 'सकेको राम्रो गर्नेछौ ।'
साफ सुजुकी कपको १२ औं संकरण बंगलादेशको ढाकामा मंगलबार सुरु हुँदैछ ।
साफमा नेपाल समूह ए मा रहेको छ । र, नेपालले मंगलबार पाकिस्तानसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यस्तै नेपालले बिहिबार भुटान र शनिबार बंगलादेशको सामना गर्नेछ ।
अर्को समूहमा भारत, माल्दिभ्स र श्रीलंका रहेको छ ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।