काठमाडौं । बंगलादेशमा हुने साफ खेल्न नेपालको राष्ट्रिय फुटबल टिम ढाका पुगेको छ ।
आगामी मंगलबारबाट सुरु हुने साफकाे १२ औ संस्करणमा प्रतिस्पर्धा गर्न नेपाली टोली आज दिउँसो ढाका पुगेको हो ।
अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार ढाका पुगे लगत्तै खेलाडीहरुले साँझको समयमा जिम गरेर बिताएका छन् ।
प्रतियोगिताको अघिल्लो दिन भोली नेपाली टिमले सामान्य अभ्यास गर्ने बताईएको छ ।
नेपालले आगामी मंगलबार पाकिस्तानसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
नेपालले समूह चरणमा पाकिस्तानसंगै भुटान र बंगलादेशसंग खेल्नेछ ।
नेपाली टिमलाई आईतबार बिहान एन्फाले एक कार्यक्रमको आयोजना गरेर बिदाई गरेको थियो ।
साफको उपाधि जितेमा राष्ट्रिय टिमका प्रत्येक सदस्यलाई जनही ५ लाख रुपैयाँ दिने एन्फाले घोषणा गरिसकेको छ ।