कराते टोली मलेसियातर्फ
बिहिबार, असार १९, २०७६खेलपाटी संवाददाता

काठमाडौं । बिसौं अन्तर्राष्ट्रिय मिलो कराते च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बिहीबार मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ ।
जुलाई ६ र ७ तारिखमा हुने प्रतियोगितामा ४ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । ८३ केजी मुनि र एकल कातामा रणदीप गोल, ६३ केजीमुनि अजय मगर, ६० केजीमुनि र एकल कातामा कमल दर्जी र ५५ केजीमुनि सुजन विश्वकर्माले प्रतिस्पर्धा गर्नेछन् ।
टोली प्रमुखमा अन्तर्राष्ट्रिय मार्सल आर्ट संघका अध्यक्ष प्रकाश श्रेष्ठ रहेका छन् ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


