नेशनल शोतो करातेमा कुँवर

काठमाडौं । नेशनल शोतो कराते डो संघ नेपालको प्रथम साधारण सभाले बलबहादुर कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
ललितपुरमा शनिवार भएको साधारण सभाले कुँवरलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो । सबै पदमा निर्विरोध भएको निर्वाचन समितिका प्रमुख धन शाहीले बताए । वरिष्ठ उपाध्यक्षमा गजृेन्द्र सावद चयन भए ।
उपाध्यक्षमा डिल्ल राम पँडेनी, महासचिवमा सुरज अधिकारी, सचिवनमा संजिव बस्नेत, कोषाध्यक्षमा तुलसाकुमारी साउद चयन भए । सदस्यहरुमा गणेश प्रसाद अर्याल, नेत्र कुँवर, पदम सिंह साउद, हिक्मत बहादुर बोहरा र दिनेश चयन भए ।
साधारण सभाको उद्घाटन पूर्व मन्त्री लेखराज भट्टले गरेका थिए । साधारण सभामा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बिर तिम्सिना, नेपाल खेलकुद महासंघका सह संयोजक शिव कोइरालालगायतले सम्बोधन गरेका थिए ।
नेशनल शोता कराते डो संघले स्थापनाको छोटो समयमा नै राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गरेको छ ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


