काठमाडौं । नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर तीनले आयोजना गरेको राष्ट्रिय तेक्वन्दो प्रतियोगितामा आयोजक प्रदेश टिम च्याम्पियन बनेको छ ।
टिम च्याम्पियन बन्ने क्रममा आयोजक टोलीले ८ स्वर्ण, ५ रजत र सात काश्य पदक जितेको हो । यसैगरी ५ स्वर्ण,६ रतज र तीन काश्य पदक सहित दुइ नम्बर प्रदेश दोश्रो भयो । सुदुरपश्चिम प्रदेश तीन स्वर्ण , चार रजत तथा चार काश्य सहित तेश्रो भयो ।
यसैगरी, पुरुषतर्फ दुई नम्बर प्रदेशका विक्रान्त डंगोल तथा महिलातर्फ तीन नम्बर प्रदेशकी सुस्मीता तामाङ उत्कृष्ट खेलाडी घोषित भए । प्र
तियोगिताका विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथी प्रहरी आइजिपी सर्वेन्द्र खनालले पुरस्कार तथा प्रमाणपत्र वितराण गरे ।
प्रतियोगिताले नेपाली तेक्वान्दोलाई तल्लो तहसम्म विकास गर्न सहयोग गर्ने विश्वास रहेको आयोजक कमिटीका प्रमुख केशब पुरीले बताए ।