काठमाडौं । नेपालका भुपेन श्रेष्ठले दोस्रो इण्डिया ओपन अन्तर्राष्ट्रिय जी वन तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् ।
भारतको हैदरवाद भुपेनले ८७ केजी मुनीको फाइृनल खेलमा भारतका खेलाडीलाई पराजित गदै स्वर्ण जितेका हुन् । भुपेनले सेमिफाईनलमा अफगानिस्तानको राष्ट्रिय टिमका खेलाडीलाई पराजित गदै फाइनल पुगेका थिए ।
त्यस्तै महिला ४९ केजी तौल समूहमा नेपालकी कल्पना चौधरीले काँस्य जितेकी छन् ।
नेपाल तेक्वान्दो संघबाट नेपालको प्रतिनिधित्व गदै भारतको गएको तेक्वान्दो टोलीले नेपाललाई १ स्वर्ण र १ कास्यँ दिलाए । नेपाली टोली शनिबार स्वदेश फर्किएको किर्तिमानी खेलाडी दिपक बिष्टले जनाए ।