हामी दोस्रो बर्षमा प्रवेश गरेका छौं । स्थापनाको पहिलो बर्षमा आम पाठक, दर्शक र स्रोताले देखाएको सद्भावप्रति आभारी छौं । खेल क्षेत्रको विकास र प्रवर्दन हाम्रो उद्वेश्य हो । यस यात्रामा हामी पनि निरन्तर अघि बढिरहेका छौं ।
नेपाली खेलकुद अनेकन चुनौती र सम्भावनाबाट अघि बढेको क्षेत्र हो । राज्य र नीजि क्षेत्रको लगानी बढ्न नसक्दा खेलकुदले अपेक्षाकृत नजिता निकाल्न सकेको छैन । तर प्राप्त सफलता र उपलब्धि पनि कम हैनन् । यसैको जगमा हामीले खेलकुदको विकासमा ईटा थप्नुपर्नेछ ।
खेलकुदमा राज्यको दृष्टिकोण स्पष्ट छैन । खेलकुदले एक आयाम मात्रै बोक्दैन, यसको प्रभाव बहुआयामिक छ । जुन दिन राज्यले यसको महत्व बुझ्नेछ, विश्व मञ्चमा नेपाली खेलकुदले आफ्नो परिचय बदल्नेछ ।
खेलपाटी मार्फत हामीले नेपाली खेलकुद पत्रकारितामा एउटा प्रयोग गर्न खोजेका छौं । चुनौती मोल्न चाहेका छौं, सम्भावना देखाउन चाहेका छौ । नेपाली खेलकुदको विकास र यसले हासिल गर्ने उपलब्धी र सफलतामै हाम्रो भविष्य पनि निर्भर रहनेछ । प्रविधि सहितको पत्रकारिता अर्थात अनलाईन पत्रकारिता मार्फत नेपाली खेल क्षेत्रको ऐना बन्ने हाम्रो प्रयास जारी नै रहनेछ ।
हाम्रो अभियानमा जोडिने आम पाठक, दर्शक, श्रोता, बिज्ञापनदाता, शुभचिन्तक सम्पुर्णमा हामी आभार व्यक्त गर्न चाहन्छौं ।
धन्यवाद ।
–प्रकाशक
खेलपाटी डट कम
कखरा पब्लिकेशन प्राली ।