काठमाडौं । भारतको हैदरावादमा आयोजना हुने दोस्रो इण्डिया ओपन तेक्वान्दो च्याम्पियनसिपमा ८ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
जेष्ठ २८ देखि आषाढ १ गते सम्म आयोजना हुने च्याम्पियनसिपमा नेपालबाट ५ पुरुष र ३ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
नेपालबाट नम्रता तुलाधर, कल्पना चौधरी, संगिता बस्याल नेपाली,अम्बिका प्रसाद घिमिरे, भुपेन श्रेष्ठ, गोविन्दबहादुर आले, निरज देउवा र अनोज पुजारीले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली टोलीलाई शुक्रबार नेपाल तेक्वान्दो संघका उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक नन्दुकुमार राईले एक कार्यक्रमबीच बिदाई गरे ।
च्याम्पियनसिपमा सहभागी हुन जाने टोलीमा टोली नेतामा दक्षिण एशियाली खेलकुदमा चार स्वर्ण हात पार्दै ईतिहास रच्न सफल ओलम्पियन दीपक बिष्ट रहेका छन् । यस्तै टोली ब्यवस्थापकमा मनीराज बिष्ट, प्रशिक्षकमा दानबहादुर ऐरी रहेका छन् ।
यस्तै सोही च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्न अन्तराष्ट्रिय निर्णायकहरु नोर्वु लामा, हिराबहादुर थापा, टिका प्रसाद लिम्बु र मिन न्यौपाने पनि त्यसतर्फ जाने छन् ।
नेपाली टिम शुक्रबार साँझ नै त्यसतर्फ जाने छन् ।