धनगढी । बी टीभी र एसटीएस टेलिभिजन नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
फल्याटल्याण्ड फुटसलमा आइतबार बी टिभिले दिनेश एफएमलाई ३—२ ले हराएर लगातार दोस्रो जितसहित सेमिफाइनलमा स्थान बनायो ।
बी टिभिका लागि कैलाश कठाय, सीताराम ओझा र नवराज धानुकले एक एक गोल गरे । दिनेश एफएमका लागि कमल सावद र हेम भट्टले एक एक गोल फर्काए ।
यस्तै एसटिएस टेलिभिजनले अन्तिम चारको यात्रा तय गर्न आइतबार रेडियो डेलिमेललाई ७—२ ले हरायो । एसटिएस टेलिभिजनका लागि सागर शाहले ह्याट्रिक गोल गरे । यस्तै जितेन्द्र रावल र शंकर बोहोराले दुई दुई गोल गरे । रेडियो डेलिमेलका लागि सन्तोष रावत र राजेश चौधरीले एक एक गोल फर्काए ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलाली जिल्ला समन्वय शाखाको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत आइतबार नै जित निकाल्दै पश्चिम टुडेले सेमिफाईनल पुग्ने आशा जिवितै राखेको छ । पश्चिम टुडेले अनुमोदन दैनिकलाई ११—१ ले पराजित गर्यो । पश्चिम टुडेका लागि प्रदिप पाठकले पाँच गोल गरे । दिपक उपाध्यायले चार गोल गर्दा खेम उपाध्यायले एक गोल फर्काए । अनुमोदनका लागि तेज बोहोराले एक गोल फर्काए ।
यस्तै अर्को खेलमा धनगढी एफएम र सुदुर सन्देशले भने बराबरी खेलेका छन् । दुबै टीमले ३—३ को बराबरी खेलेका हुन् । रेडियो धनगढीका लागि लोक कार्कीले दुई र सौरभ थापाले एक गोल गरे । सुदुर सन्देका लागि नवीन चौधरीले तीन गोल गरे ।
प्रतियोगिताको विजेताले नगद १५ हजार सहित ट्रफी र प्रमाणपत्र तथा उपविजेताले नगद ७ हजार सहित नगद ट्रफी र प्रमाण पत्र पाउनेछन्। त्यसैगरी उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले पनि नगद पुरस्कार पाउने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीले जनाएको छ।