काठमाडौं । त्रिभुवन आर्मी क्लबले क्विक्स नेपाल बास्केटबल लिगमा आठौं जित दर्ता गरेको छ ।
शनिबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ५७-६७ स्कोरले पराजित गर्दै आर्मीले आठौं जित निकालेको हो ।
आर्मीको जितमा आयुस सिंहले उत्कृष्ट प्रदर्शन गरे । प्लेयर अफ दि म्याच बनेका उनले २० स्कोर जोडे ।
जितसंगै आर्मीले ९ खेलबाट १७ अंक जोडेको छ । पुलिसको यो तेस्रो हार हो । पुलिसको ६ खेलबाट ९ अंक रहेको छ ।
प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा जारी लिगको विजेताले २ लाख पुरस्कार पाउने छन् ।
यस्तै दोस्रोले १ लाख र मोस्ट भ्यालुएबल खेलाडी र सर्वाधिक स्कोर गर्ने खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।