काठमाडौं । भोग एड एण्ड इभेन्ट प्रा.लिले नेपाल आईस आन फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
बुधबार भएको फाइनलमा मिडिया वास्केटलाई ४–१ गोल अन्तरले पराजित गर्दै भोग च्याम्पियन बनेको हो ।
सानेपाको फिल्ड फुटसल ग्राउण्डमा भोगलाई उपाधि दिलाउन रोनिश श्रेष्ठले ह्याट्रिक गरे । यस्तै मन्जील महर्जनले एक गोल गरे । मिडिया बास्केटका उर्गेन शेर्पाले एक गोल फर्काए ।
उपाधिसंगै भोगले १ लाख नगद हात पार्यो । उपविजेता बनेको मिडिया बास्केटले ७५ हजारमा चित्त बुझायो । तेस्रो भएको बराह ज्वेलर्सले ५० हजार पायो ।
प्रतियोगितामा बराह ज्वेलर्सका अनुप शंकर र भोगका रोनिश श्रेष्ठले संयुक्त रुपमा सर्वाधिक गोलकर्ताले अवार्ड पाए । दुवैले प्रतियोगितामा ११–११ गोल गरेका थिए ।
यसैगरी उत्कृष्ट गोल रक्षकको उपाधि वेलकम एडभर्रर्टाईजिङ मार्केटिङको विशाल शाहीले पाए । त्यस्तै फेयर प्ले अवार्ड सर्वोत्तम सिमेन्ट र वेस्ट सपोटर्स नयाँ पत्रिका र फस्ट रजिस्र्टर्ड टिम अवार्ड मार्स प्रा.लिले पाएका छन् ।